Home / page / Introduction /

प्रदेश नं. ३ अन्तरगतको भरतपुर महानगरपालिका २३, जगतपुर चिनवनमा अवस्थित हालको यस श्री लक्ष्मी माध्यमिक विद्यालय चितवनको सदरमुकाम भरतपुरबाट दक्षिण पश्चिम दिशामा भरतपुर–जगतपुर–माडी–ठोरी हुलाकी सडकको १९.२ कि.मी. दुरीमा पर्दछ । जगतपुर कसरा चोकबाट करीव ५०० मी. दुरीमा पार्वतीपुर जाने बाटोको केरुङ्गा खोलाको आडमा सटेर रहेको सुन्दर मनोरम र आकर्षक अवस्थामा छ । बि.संं २०२५ सालदेखि २०६५।०५।१५ सम्म क्रमश क्रमशः प्रा.वि., नि.मा.वि., मा.वि. र उच्च मा.वि. को रुप धारण गरेको छ । हाल यस विद्यालयमा शिशु कक्षा देखि कक्षा १२ सम्म संचालित छन् । २ विगाहा ५ कट्ठा ७ धुर विद्यालयको नाममा दर्ता जमिनको क्षेत्रफल दक्षिण पश्चिम भू–भागमा अंग्रेजी अक्षर एल (ी) आकारमा पूरानो भवन अवस्थित छ । यस भवनको ठीक उत्तर पट्टि अंग्रेजी एल आकारको आठकोठाको पूरानो भवनलाई समेत सम्भार गरी उच्च मा.वि. को कार्यालय विज्ञान प्रयोगशाला, लाइब्रेरी र कक्षा सञ्चालन कक्ष गरी यस भवनको प्रयोगको औचित्यता सावित गराइएको छ । साथै यस प्रांगणको उत्तर–पूर्व भागमा प्राकृतिक प्रकोप तथा न्यूनिकरण शाखा गैंडाकोटको सहयोगमा बनाएको सभाहल रहेको छ । २०६६ सालमा यसै हलको माथि एक्म् नेपाल, आसा अनाथालय र विद्यालयको संयुक्त लगानीमा २ कोठे द्ययिअप तयार पारिएको छ । एक्म् नेपाल र शिक्षा कार्यालयबाट प्राप्त भवनको बीचमा एक कोठा माथि दुई भवनलाई जोड्ने भ¥याङ तयार पारिएको छ । यस भवनको पूर्वपट्टि शौचालय छ । पूरानो ी आकारको भवन र नयाँ उच्च मा.वि.को बीचमा क्रमशः कान्टिन (३ कोठे) शौचालय र पानी ट्यांकी छ । जिल्ला विकास समितिबाट प्राप्त ५,००,०००। (पाँच लाख रुपैया)बाट डिप बोरीङबाट शुद्ध खानेपानीको व्यवस्था गरिएको छ । यसरी विद्यालयको माथि उल्लेखित क्षेत्रफललाई सुरक्षित पार्नकाखातिर मेसजाली सहितको पर्खालले घेरीएको छ ।